उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन | Khabarhub Khabarhub

उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो ।

रमजानको प्रारम्भीक दिनहरुमा व्रत बसेको अशंकामा ५६ जनालाई पक्राउ गरिएको र तीमध्ये ५४ जनाले व्रत बसेर कानून उल्लङ्घन गरेको पुष्टि भएको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनले सन् २०१७ यता सिन्जियाङ प्रान्तका उइगुर मुसलमानलाई रमजानको ब्रत बस्न प्रतिबन्ध लगाउँदै आएको बताइन्छ । रेडियो फ्रि एसियाले जनाएअनुसार चीनको सुरक्षा संयन्त्रले आम सर्वसाधारण, प्रहरी अधिकारी एवम् छिमेक समितिका सदस्यलाई जासुसको रुपमा परिचालन गर्ने गरेको छ ।

चीनमाथि सिन्जियाङका दशौँ हजार उइगुर मुसलमानलाई पुनर्शिक्षाका नाममा चीनले बन्दी शिविरमा राख्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ३७ बजे

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली