चलचित्र ‘जारी’ को पाइरेसी रोक्न निर्माताले दिए उजुरी « Khabarhub

चलचित्र ‘जारी’ को पाइरेसी रोक्न निर्माताले दिए उजुरी


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् ।

सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए। ‘सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ’, उनले भने।

यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ । यसअगाडि उनकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो ।  

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । प्रदर्शनको दुई दिनमै सो चलचित्रले चार करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको