दोगडाकेदारमा हत्या प्रकरण : स्थानीय युवक संलग्न रहेको आशङ्का | Khabarhub Khabarhub

दोगडाकेदारमा हत्या प्रकरण : स्थानीय युवक संलग्न रहेको आशङ्का


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ ।

जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण ती युवकले जोशीको हत्या गरेका हुनसक्ने जनाइएको छ । केही महिना अगाडि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ ।

सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशङ्का छ । संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार रहेका छन् । फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ । उनको खोजीका लागि जिल्ला र जिल्ला बाहिर तथा सीमानाकामा हुलियासहित पठाइएको छ । प्रहरी निरीक्षक खत्रीले भने, “फरार ती युवकको फोन लोकेशनलगायतका आधारमा खोजी जारी छ । छिट्टै नियन्त्रणमा ल्याउँछौँ ।”

हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुनसक्ने अनुमान प्रहरीको छ । जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : ०० बजे

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण

‘देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ’

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको