बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा | Khabarhub Khabarhub

बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री क्रिसन परेरा लागूऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् ।

करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागूऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दूतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो ।

छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन् । उनीहरूले छोरीलाई फसाइएको आरोप लगाएका छन् । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौँ । मेरो बहिनी निर्दोष छिन् र उनलाई लागूऔषध मामलामा फसाइएको छ । थाहा छैन मानिसहरू उनीबाट के चाहन्छन् । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन् ।

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन्। ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिई । त्यसपछि रविले अप्रिल १ मा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी शपमा भेट्न बोलाएको थियो ।

त्यसपछि अडिसनको हिस्सा भनेर एक ट्रफी दिएको थियो । उसले त्यो ट्रफी घरमा ल्याई, जहाँबाट लागूऔषधको गन्ध आइरहेको थियो’, उनले भनेकी छन् ।

क्रिसनको परिवार छोरीलाई जेलबाट छुटाउन जतिसुकै रकम दिन तयार छन् । उनीहरूले दुबईको एक स्थानीय वकिल भाडामा लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ४२ बजे

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार