तिलाका तीन वडा पूर्णखोप सुनिश्चित घोषणा | Khabarhub Khabarhub

तिलाका तीन वडा पूर्णखोप सुनिश्चित घोषणा


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो । 

‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए-नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धितानले बताए । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उनको भनाइ  छ । 

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने रारा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताएका छन् । उनका अनुसार वडा नं १ रारा गाउँमा शून्यदेखि १५ महिनाभित्रका ३० जना र १६ देखि २३ महिनाभित्रका २७ बालबालिकाले पूर्ण खोप लगाएका छन् । 

वडा नं २ लर्मीगाउँमा खोप लगाउने उमेर समूहका १० र लिहीगाउँका १९ जनालाई पूर्ण खोप लगाइएको खत्रीले जानकारी दिए। उनले भने, ‘खोज र खोप भन्ने स्वास्थ्यको नीतिअन्तर्गत वडाभित्र रहेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउने गरेका छौँ । स्वास्थ्य संस्थाको टोली बस्तीका सबै वडामा पुगेर बालबालिकाले पूर्ण खोप लगाउने गरिएको छ ।’

तिला गाउँपालिका–९ मा मालामानी, राँसा, ढिपु र खोप्री गाउँबस्तीका शून्यदेखि २३ महिनाभित्रका ४७ बालबालिकाले पूर्ण खोप पाएको राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले जानकारी दिएका छन्। उनका अनुसार यहाँका खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप लगाएका छन् ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले यहाँका सबै वडाका खोप लगाउने उमेरका बालबालिकाले पूर्ण खोप लगाएका बताए । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए-नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने उनको भनाइ थियो । 

यहाँ १३ वटा स्वास्थ्य संरचना छन् । भौगोलिक बनोटले यहाँका गाउँबस्ती विकट भएकाले स्थानीयको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । यहाँ सडक निर्माण भइरहेका छन् । सडक निर्माण सम्पन्न भएर सञ्चालन हुन थालेपछि आवागमनमा सहज भई स्वास्थ्य संस्थामा पुग्न सहज हुने स्थानीय बताउँछन् । स्थानीय, प्रदेश र संघीय सरकार तीनै तहको समन्वयमा स्वास्थ्य क्षेत्रको सहज पहुँच पुर्‍याउने उद्देश्यले भौतिक संरचना निर्माण भइरहेको स्वास्थ्य शाखाले 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ०८ बजे

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दमौली – दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर – कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ रोकिँदैन : ह्यारिस

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली– कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार