ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ कामदार ईश निन्दा गरेको आरोपमा पक्राउ परेका हुन् ।

सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश निन्दाको उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । ती चिनियाँ नागरिकविरुद्ध सो जलविद्युत परियोजनामा भारी सवारी चालकका रुपमा कार्यरत पाकिस्तानी नागरिकहरु गुलिस्तान र यासिरले उजुरी दर्ता गरेको डनले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकविरुद्ध पाकिस्तान दण्डसंहिताको धारा २९५ (सी) अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकले ईश्वरको निन्दा गरेको हल्ला फैलिएपछि उक्त जलविद्युत परियोजनाका लागि स्थापना गरिएको चिनियाँ शिविरनजिकै स्थानीयहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकारीले चिनियाँ शिविरमा आक्रमणको प्रयास गरेको डनले जनाएको छ ।

पाकिस्तानमा विभिन्न समयमा ईश्वरको निन्दा गरेको आरोपमा हिंसात्मक घटना हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ४० बजे

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)