ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ कामदार ईश निन्दा गरेको आरोपमा पक्राउ परेका हुन् ।

सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश निन्दाको उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । ती चिनियाँ नागरिकविरुद्ध सो जलविद्युत परियोजनामा भारी सवारी चालकका रुपमा कार्यरत पाकिस्तानी नागरिकहरु गुलिस्तान र यासिरले उजुरी दर्ता गरेको डनले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकविरुद्ध पाकिस्तान दण्डसंहिताको धारा २९५ (सी) अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकले ईश्वरको निन्दा गरेको हल्ला फैलिएपछि उक्त जलविद्युत परियोजनाका लागि स्थापना गरिएको चिनियाँ शिविरनजिकै स्थानीयहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकारीले चिनियाँ शिविरमा आक्रमणको प्रयास गरेको डनले जनाएको छ ।

पाकिस्तानमा विभिन्न समयमा ईश्वरको निन्दा गरेको आरोपमा हिंसात्मक घटना हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन