विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान | Khabarhub Khabarhub

विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बझाङ-  बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो ।

विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताए । उक्त विद्यालयमा कक्षा ५ सम्म सञ्चालन भएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’, ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’, ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ लगायतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरूले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

प्रधानाध्यापक शाहीले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरू न्यून भर्ना भएपछि हामीले उक्त घरदैलो अभियान चलाएका हौँ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरूलाई बुझाउन पनि अभियानले भूमिका खेलेको छ ।”

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भए पनि न्यून सङ्ख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक शाहीले बताए । उनीलगायत विद्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : १९ बजे

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको

पत्रकार घिमिरे भन्छन्- सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ

काठमाडौं– वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

प्रधानमन्त्रीसँग बंगलादेशका वातावरणमन्त्रीको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बंगलादेशका वातावरण, वन तथा

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान

काठमाडौं– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष संयोजक टोर

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ