विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान « Khabarhub

विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बझाङ-  बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो ।

विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताए । उक्त विद्यालयमा कक्षा ५ सम्म सञ्चालन भएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’, ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’, ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ लगायतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरूले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

प्रधानाध्यापक शाहीले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरू न्यून भर्ना भएपछि हामीले उक्त घरदैलो अभियान चलाएका हौँ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरूलाई बुझाउन पनि अभियानले भूमिका खेलेको छ ।”

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भए पनि न्यून सङ्ख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक शाहीले बताए । उनीलगायत विद्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : १९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल