पाकिस्तानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । सिन्ध प्रान्तको सुक्कुर जिल्लामा यात्रुवाहक दुई वटा सवारी एकापसमा ठोक्किदा उक्त हताहति भएको हो ।

पूर्वी पञ्जाब प्रान्त गइरहेको एउटा बस र पञ्जाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएको प्रहरी तथा उद्धारकर्मीले बताएका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पताल पु¥याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको सवारी ठोक्किएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ४४ बजे

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका