नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ « Khabarhub

नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ५२ बजे

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।