सहिद स्मारक लिगमा आज तीन खेल हुने « Khabarhub

सहिद स्मारक लिगमा आज तीन खेल हुने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ।

दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीनवटा खेल हुन लागेको हो ।

एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् ।

दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिड्ने छन्।

जारी लिगमा १५ अंक जोडेर संकटा भने तालिकाको सातौँ स्थानमा छ भने ९ खेलवाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ ।

अर्को खेल भने ललितपुरको च्यासल मैदानमा ३ बजे सुरु हुनेछ । जुन खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्।

जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी