सहिद स्मारक लिगमा आज तीन खेल हुने « Khabarhub

सहिद स्मारक लिगमा आज तीन खेल हुने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ।

दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीनवटा खेल हुन लागेको हो ।

एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् ।

दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिड्ने छन्।

जारी लिगमा १५ अंक जोडेर संकटा भने तालिकाको सातौँ स्थानमा छ भने ९ खेलवाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ ।

अर्को खेल भने ललितपुरको च्यासल मैदानमा ३ बजे सुरु हुनेछ । जुन खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्।

जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ३४ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ