एसीसी प्रिमियर कपमा युएई विजयी | Khabarhub Khabarhub

एसीसी प्रिमियर कपमा युएई विजयी


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए । 

युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३-३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुसप्रविन्द्र कुमारले दुई-दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक-एक विकेट लिएका थिए । 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३० बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन