भारत र भुटान जोड्ने रेलमार्ग बन्ने | Khabarhub Khabarhub

भारत र भुटान जोड्ने रेलमार्ग बन्ने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र भुटान जोड्ने रेलमार्ग निर्माण हुने भएको छ । भुटानको गेलेफु र भारतको आसाम राज्यको कोक्राझारलाई जोड्ने रेलमार्ग निर्माण हुन लागेको हो ।

यस परियोजनाको सर्वेक्षण पूरा भएको भुटान लाइभले उल्लेख गरेको छ । यो भारत र भुटानबीचको पहिलो रेलमार्ग हुनेछ ।

यस रेलमार्ग सन् २०२६ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । ५७ किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले अनुदान दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुक भारत भ्रमणमा आएका थिए । भारत भ्रमणका क्रममा  उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा द्विपक्षीय सहयोग र राष्ट्रिय हितका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : ३५ बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको