भारत र भुटान जोड्ने रेलमार्ग बन्ने « Khabarhub

भारत र भुटान जोड्ने रेलमार्ग बन्ने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र भुटान जोड्ने रेलमार्ग निर्माण हुने भएको छ । भुटानको गेलेफु र भारतको आसाम राज्यको कोक्राझारलाई जोड्ने रेलमार्ग निर्माण हुन लागेको हो ।

यस परियोजनाको सर्वेक्षण पूरा भएको भुटान लाइभले उल्लेख गरेको छ । यो भारत र भुटानबीचको पहिलो रेलमार्ग हुनेछ ।

यस रेलमार्ग सन् २०२६ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । ५७ किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले अनुदान दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुक भारत भ्रमणमा आएका थिए । भारत भ्रमणका क्रममा  उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा द्विपक्षीय सहयोग र राष्ट्रिय हितका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : ३५ बजे

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका