साना तथा घरेलु उद्योगलाई सहयोग गर्छु : मुख्यमन्त्री कार्की « Khabarhub

साना तथा घरेलु उद्योगलाई सहयोग गर्छु : मुख्यमन्त्री कार्की


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पुर्‍याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्यांक संकलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसबाट रोजगारी वृद्धि हुने र उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राखे । मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही बाटो देखाउने विचार व्यक्त गरे । 

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सचिव वासुदेव दाहाल, सम्मानित उद्यमी विमला विश्वकर्मा, मातृका देवी प्रसाईं, बिना राई, साना उद्योग महासङ्घका प्रथम उपाध्यक्ष सीता छाराहाङ र सञ्चारकर्मी सुशीला पाठकले निरन्तरता र इच्छाशक्तिले उद्योग सञ्चालनमा सफलता प्राप्त हुने विचार राखे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलालाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३६ बजे

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः