सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव फेला  | Khabarhub Khabarhub

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव फेला 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेपत्ता भएका दमक-९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाइँको खोजी भइरहेको उनले जानकारी दिए। 

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ५४ बजे

संसदमा जब प्रचण्ड ‘न्यायाधीश’ बने…

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विहीबार प्रतिनिधिसभामा

जंगलमै छिरेर मानिसको अत्याचार, मकुनाले पाउनुपर्छ न्याय

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि

जब सीताराम अफताब आलमको हुलियामा भेटिए…

काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच सम्झौता

काठमाडौं – चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र