शुक्लाफाँटा निकुञ्जमा लागेको डढेलो अझै नियन्त्रणमा आएन « Khabarhub

शुक्लाफाँटा निकुञ्जमा लागेको डढेलो अझै नियन्त्रणमा आएन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उनले भने, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।”

डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमित रुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उनले बताए । उनका अनुसार डढेलोका कारण सात÷आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : २५ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा