जातीय विभेद कायमै रहनु दुःखद् : उपाध्यक्ष महरा « Khabarhub

जातीय विभेद कायमै रहनु दुःखद् : उपाध्यक्ष महरा


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताएका छन् । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताए ।

“हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाईं लड्दै गर्दा पनि देशका कैयौँ ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुर्व्यवहारमा परेका छन्, त्यस कारण मलाई लाग्छ सामन्तसँगको लडाईं अझै सकिएको छैन”, नेता महराले भने ।

पूर्वसभामुख समेत रहेका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताए । उनले वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आशावादी भएको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ४७ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा