कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ « Khabarhub

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी उक्त प्रस्ताव गरेको हो ।

भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ ।

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको सावा व्याज तिर्न नसक्ने अवस्था भएका उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी असार मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरणको सुविधा दिन माग गरे । बैंकको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा गभर्नर अधिकारीले निजी क्षेत्रका सुझावलाई सकारात्मकरुपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासङ्घका सुझाव समावेश गरिने जानकारी गराए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ५६ बजे

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी