१३ वर्षपछि इन्टर सेमिफाइनलमा « Khabarhub

१३ वर्षपछि इन्टर सेमिफाइनलमा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो। इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो।

खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको ६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २–१ को अग्रताको स्थितिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात् ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ को फराकिलो अग्रता कायम गर्न सक्यो।

तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन। ८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याई दिए, त्यसमाथि इन्ज्युरी समयको ५ औं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउन सफल भए।

पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २–० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो। १३ वर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफ्नो नयाँ रणनीति बनाउने जनाइएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : ३२ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ