सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकैपरिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाइकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।

लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधवार सोही ठाउँबाट झन्डै १५ किलोमिटर दुरी रहेको माइस्थान–गौशाला–सम्सी सडक खण्डमा पनि दुर्घटना भएको थियो । बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१-००४-प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एकैपरिवारका तीनजनाको मृत्यु भएको थियो ।

२४ घण्टाको अवधिमा पूर्वपश्चिम राजमार्ग नजिकै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ४२ बजे

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?

काठमाडौं– दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड