अन्नपूर्णमा बेपत्ता आरोहीको जीवितै उद्धार « Khabarhub

अन्नपूर्णमा बेपत्ता आरोहीको जीवितै उद्धार


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । 

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाइँले जानकारी दिए। 

‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ’, उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए । 

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । काठमाडौँ लगिएकी कौरको अवस्था सामान्य रहेको  ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ । अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए  । 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।  

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  २ : २६ बजे

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने

कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा पार्टी कार्यालय

प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमानपुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच