बेलीब्रिज घटनाका मृतकको पहिचान खुल्यो « Khabarhub

बेलीब्रिज घटनाका मृतकको पहिचान खुल्यो


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षीय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटना क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरीजन चमार रहेका छन् ।

सख्त घाइते तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलीब्रिज आज भाँचिएको हो । मृतक र घाइते उक्त पुल निर्माणका कामदार रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : ५७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर