दाँतको पहेँलोपन हटाउने घरेलु उपाय « Khabarhub

दाँतको पहेँलोपन हटाउने घरेलु उपाय


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यदि तपाईँको दाँत सेतो र चम्किलो छैन भने तपाईँलाई खुलेर हाँस्न पनि मन नलाग्न सक्छ।

मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईँको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईँले दाँतको पहेँलो तहलाई धेरै हदसम्म कम गर्न सक्नुहुनेछ ।

यस्ता छन् घरेलु उपचार
–यदि तपाईँको दाँत पहेँलो भएको छ भने कागती र सुन्तलाको बोक्रा दाँतमा रगड्नुहोस्। यो उपाय हप्तामा दुई पटक गर्न सक्नुहुन्छ।

–नीमको पातले दाँतको पहेँलोपनलाई कम गर्न निकै सहयोग गर्छ। ब्रस गर्नुको सट्टा यसबाट दाँत माझ्न सुरु गर्नुहोस्।

–दाँतको पहेँलो हटाउनको लागि स्ट्रबेरी र नुनलाई एकसाथ राखेर ब्रसको मद्दतले सफा गर्दा दाँत सेतो र चम्किलो हुन्छ ।

–दाँतको पहेँलोपन कम गर्न मनतातो पानीमा अदुवा र नुन मिसाएर कुल्ला गर्नुहोस्, यसले मुखको गन्ध र पहेँलोपन कम हुन्छ।

–दाँत सफा गर्नका लागि भिनेगर पनि निकै प्रभावकारी हुन्छ । एक गिलास पानीमा सेतो भिनेगर मिलाएर कुल्ला गर्दा पनि दाँत मोती जस्तै चम्किलो हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ३७ बजे

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक