स्याङ्जामा ६२ स्थानको डढेलोले पाँच सय हेक्टर वनमा क्षति | Khabarhub Khabarhub

स्याङ्जामा ६२ स्थानको डढेलोले पाँच सय हेक्टर वनमा क्षति


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्यांक डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ ।

 वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला-फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा-हरिनासका पाँच, गल्याङ-कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए। एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक-एक सब डिभिजन रहेका छन् । 

आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक-एकवटा सब डिभिजन रहेका छन् । उनका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्यांकन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् ।

 वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा-हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ-कालीगण्डकीका १०, आँधीखोला-फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताए ।

‘डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरू पहिचान गरी सरोकारवालाबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ’, उनले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजंगल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरूमा पनि असर पारेको छ ।’ डढेलोको सम्भावित जोखिम भएका ठाउँहरूमा समन्वयात्मक कार्यक्रमहरू, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई उपकरणहरू उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताए। वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ । देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उनले जानकारी दिए।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जंगली जनावरहरू बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । 

खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरू पोलिएर जिल्लाका धेरै बस्तीहरूमा खानेपानीको हाहाकार नै भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : २९ बजे

धादिङको खनियाँबासमा भारतीय सहयोगमा बन्ने स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर

धादिङ- धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर भवन

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

काठमाडौं– काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी

अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै

शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका