राजविराज कारागारका एक कैदीको मृत्यु « Khabarhub

राजविराज कारागारका एक कैदीको मृत्यु


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज कारागारका एक कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए ।

मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारे रोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो ।

सोही दिनदेखि उनी कारागारमा छन् । उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो । शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी, सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजङ्ग खडका र मिथिलेश यादवले तालिममा भाग लनभन्दै झुक्याई दुई बालिकालाई २०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रङ्गमञ्च गेस्ट हाउस पुर्याएका थिए ।

होटलमा पुगेपछि पीडितलाई ललाइफकाइ शारीरिक सम्बन्ध राख्नका लागि सुरुमा पैसाको प्रलोभन दिएको र नमाने पछि डर त्रास देखाइ आरोपितले हातपात गरेका थिए । होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए ।

आरोपित खड्कालाई प्रहरीले २०७० साउन १८ गते पक्राउ गरेको थियो । खड्का २०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । पछि पक्राउ परेकी द्रौपतीदेवी राजविराज कारागारमा कैद भुक्तान पूरा गरिसकेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ३५ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख