सभापोखरी ५ को वडा कार्यालयमा तालाबन्दी « Khabarhub

सभापोखरी ५ को वडा कार्यालयमा तालाबन्दी


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सभापोखरी– संखुवासभाको सभापोखरी गाउँपालिका ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाको भवन अहिलेसम्म पनि संचालनमा नआएको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले वडा नम्बर पाँचको कार्यालय भवनमा अहिलेसम्म वडाध्यक्ष र सचिव कार्यालयमा नबस्ने गरेको स्थानीयहरुको आरोप छ ।

स्थानीयहरुले पटक पटक अनुरोध गर्दा पनि कार्यालयमा वडाध्यक्षय र सचिव उपस्थित नहुने गरेको बताइएको छ । सोही विषयमा वडा कार्यालयबाट हुने सम्पूर्ण काम कारवाही वडा कार्यालयबाट नै हुनुपर्ने माग राख्दै वडाबासीहरुले तालाबन्दी गरेका हुन् । एक महिनाभित्र वडा कार्यालयमा काम नभए जस्तोसुकै कदम चल्ने उनीहरुले चेतावनी दिएका छन् ।

कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेपछि समस्या समाधान गर्न अहिले छलफल भइरहेको वडाध्यक्ष मनिष लिम्बुले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ५९ बजे

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को