मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात « Khabarhub

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र बेमौसमी हिमपात भएको छ । 

मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो ।  

हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए। मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताए। उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तुभेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहराको समस्या भएको जनाइएको छ । 

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरू हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

यसपालि पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ४० बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख