आज मुस्लिम समुदायले ‘इद उल फित्र’ मनाउँदै « Khabarhub

आज मुस्लिम समुदायले ‘इद उल फित्र’ मनाउँदै


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ ।

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इद उल फित्र’ पर्वको तिथी तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो ।  जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियो ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मावलम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहार बस्ने व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।

रमजानमा अल्लाहको आशीर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ०३ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक