माउन्ट ग्लोरीकी सारा भन्छिन्- ‘भ्वाइसको उपाधि जित्नेमा ढुक्क छु’ « Khabarhub

माउन्ट ग्लोरीकी सारा भन्छिन्- ‘भ्वाइसको उपाधि जित्नेमा ढुक्क छु’


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सारा राई द भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेर लाइभ राउण्ड प्रवेश गरिसकेकी प्रतिभा हुन्। उनी गायक तथा कोच सुशान्त केसीको टिममा छिन्। राजधानीको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा सारा भ्वाइसमा अहिले चर्चामा छिन्।

गायनमा निकै नै प्रतिभावान सारा स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा निकै अब्बल छात्रा हुन्। उनी आफू यो स्थानसम्म आई पुग्नुमा आफ्नो स्कुल, व्यवस्थापन, स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठ लगायतको टिम नै मुख्य कारक रहेको बताउँछिन्। त्यस्तै सारा आफ्नो स्कुलका संगीतका प्रशिक्षक तथा लोकप्रिय गायक सञ्जीव पुडासैनीलाई पनि आफ्नो प्रगतिको मुख्य श्रेय मान्छिन्। ८ वर्षदेखि म्युजिक शिक्षक पुडासैनीसँग संगीत अध्ययन गर्दै आएकी साराले भ्वाइसको ब्लाइन्ड अडिसन पार गरेसँगै उनी अहिले थप चर्चामा छिन्।

‘स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रमको निरन्तरता र संगीत र नृत्य अध्ययन गर्न पाउने वातावरणका कारण नै आफू आज यो स्थानमा आइपुगेको हुँ,’ उनी भन्छिन्। आफूले भ्वाइसको उपाधि जित्नेमा ढुक्क भएको बताउने सारा अहिले १३ वर्षकी भइन्। उनको कलाको सर्वत्र चर्चा भइरहेको छ।

साराको स्कुल  माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिविधिहरूलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको प्रिन्सिपल श्रेष्ठ बताउँछन्। आयुष अण्डर १८ को राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी हुन्। १९ वर्षका आयुष नेसलन टिममा लामो समयदेखि सहभागी छन्। उनको खेलको पनि बेला बेलामा चर्चा हुने गरेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : २० बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि