डोटीमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने « Khabarhub

डोटीमा बास र निगालोबाट विभिन्न सामग्री बनाइने


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । 

यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताए।  

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डालालगायतका सामग्री निर्माण गरिरहेका र अन्य सामग्री विभिन्न सामग्री निर्माण कार्य सिकिरहेकासमेत उनले जानकारी दिए । 

स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्नसके दैनिक जीवन निर्वाहका साथै आयआर्जनमा सहजता हुने तालिमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडीमा सञ्चालन भएको सीपमूलक तालिमबाट सीपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसायिक गर्छु सुरुआत गर्छ भने त्यस्ता व्यक्तिलाई पालिकाले पनि सहयोग उनले जानकारी दिए । पैँतालीस दिनसम्म सञ्चालन हुने सीपमूलक तालिममा बोगटान फुड्सिलको वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ । तालिममा  दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ  । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : १९ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक