छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ र ललितपुरमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै काठमाडौँ महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका–७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता ललितपुर गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका–५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : २४ बजे

चीनद्वारा अमेरिकाको ‘शीत युद्ध मानसिकता’को आलोचना

एजेनसी – चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध

आवासीय चिकित्सकहरूले सरकारीसरह निर्वाह भत्ता पाउने 

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता दुर्घटनाको आशंका

एजेन्सी – अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु

दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु 

दोलखा– जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले

घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई

काठमाडौं – अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ