विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण « Khabarhub

विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक पनि वितरण थालिएको छ । गत विगतका वर्षमा समयमै पुस्तक अभाव हुने गरेको भए पनि यो वर्ष समयमै पाठ्यपुस्तक जिल्ला पुगिसकेका छन् ।

जिल्लाभरिका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक पुगिसकेको र विद्यार्थी भर्नासँगसँगै पाठ्यपुस्तक वितरणको काम पनि जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

उनले भने, “कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने ८६ हजार पाठ्यपुस्तक गत हप्ता नै पुगिसकेका थिए, सबै विद्यालयले ढुवानी गरेर भर्नासँगसँगै वितरण जारी राखेका छन् ।”

कुनै विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान गरिरहेका र कुनैले सूचना जारी गर्दै भर्ना गर्न आग्रह गरिरहेका छन् । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरेको र सँगसँगै पाठ्यपुस्तक पनि वितरण जारी रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, “विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई सँगसँगै पाठ्यपुस्तक वितरण गर्ने गरेका छौँ, यसले विद्यार्थी पनि खुसी छन् ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको पाठ्यपुस्तक वितरण पनि थालिएको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ५६ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित