विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण « Khabarhub

विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक पनि वितरण थालिएको छ । गत विगतका वर्षमा समयमै पुस्तक अभाव हुने गरेको भए पनि यो वर्ष समयमै पाठ्यपुस्तक जिल्ला पुगिसकेका छन् ।

जिल्लाभरिका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक पुगिसकेको र विद्यार्थी भर्नासँगसँगै पाठ्यपुस्तक वितरणको काम पनि जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

उनले भने, “कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने ८६ हजार पाठ्यपुस्तक गत हप्ता नै पुगिसकेका थिए, सबै विद्यालयले ढुवानी गरेर भर्नासँगसँगै वितरण जारी राखेका छन् ।”

कुनै विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान गरिरहेका र कुनैले सूचना जारी गर्दै भर्ना गर्न आग्रह गरिरहेका छन् । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरेको र सँगसँगै पाठ्यपुस्तक पनि वितरण जारी रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, “विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई सँगसँगै पाठ्यपुस्तक वितरण गर्ने गरेका छौँ, यसले विद्यार्थी पनि खुसी छन् ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको पाठ्यपुस्तक वितरण पनि थालिएको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ५६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा