युएईद्वारा सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य | Khabarhub Khabarhub

युएईद्वारा सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको हो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् । 

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले उक सय ६० रन जोडे । उनले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा नौ चौका तीन३ छक्कासहित ७४ रन बनाएका हुन् ।

यस्तै युवा ओपनर आर्यन लाक्रा सात बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए ।  बलिङतर्फ सिंगापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : २० बजे

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति