नेपालका चार प्रतिशत बालबालिका खोपबाट वञ्चित « Khabarhub

नेपालका चार प्रतिशत बालबालिका खोपबाट वञ्चित


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेका छन् । उनीहरूले कुनै पनि खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । 

‘नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वञ्चित छन्’, उनले भने । 

मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ । सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्ने छ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पुर्‍याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताए। 

नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पुर्‍याउन नसकिएको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए। दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुई पटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपांगता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ । 

खोप सप्ताहभर नियमित खोप प्रदान गरिने छ । वैशाख १५ र ३१ गते भने सबै खोप दिइने छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : २३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार