जलवायु परिवर्तनजस्ता समस्याको समाधान पनि बौद्ध दर्शनमा रहेको मोदीको भनाइ « Khabarhub

जलवायु परिवर्तनजस्ता समस्याको समाधान पनि बौद्ध दर्शनमा रहेको मोदीको भनाइ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा अहिले जलवायु परिवर्तनजस्ता समस्याको समाधान बौद्ध दर्शनमा रहेको जनाएका छन् ।

विश्व बौद्ध सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो शताब्दीमा विश्वमा जलवायु परिवर्तन ठूलो समस्या बनेर देखा परेको उल्लेख गरे ।

सम्बोधनमा उनले हिमनदी पग्लन थालेको, पर्यावरण ध्वस्त हुँदै गएको र सजिव प्रजातिहरू लोप हुँदै गएको धारणा राखे । उनले बुद्धका उपदेशलाई विश्वले पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि नआउने जिकिर गरे ।

बुद्धले देखाएको बाटो भविष्यको बाटो र पर्यावरणमैत्री भएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले भगवान बुद्धको शिक्षाबाट प्रेरित भएर भारतले विश्व कल्याणका लागि नयाँ पहल गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : १६ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल