नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो « Khabarhub

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।

यही वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिब १० बजेको समयमा स्थानीय छ÷सात महिला घाँस काटिरहेको समयमा ४२ वर्षिया गंगादेवी चन्दलाई उक्त बाघले एक्कासि आक्रमण गरेको थियो ।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय ९हात्ती सहित०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भएका थिए ।

सो दिनको उद्धार कार्यका क्रममा राति अबेर ११ः३० बजेसम्म चले पनि रातको समय र सिमसार क्षेत्रको दलदले जमिनमा उद्धार गर्नुपर्ने कठिनाइका कारण सम्भव हुन नसके पनि पुनः वैशाख ९ गते बिहान ६ बजे चार वटा हात्तीसहित उद्धार कार्य पुनः सुचारु गरिएको थियो । उक्त दिनको खोजी कार्यमा बिहान ७ः५५ बजे शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र प्राविधिक तथा कोषका प्राविधिकसहितको टोलीले डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ३० बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी