देशभरका सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाऔँ : बिजुक्छेँ « Khabarhub

देशभरका सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाऔँ : बिजुक्छेँ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशभरका सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने गरी अब्बल बनाउन सके विद्यार्थीको कमी नहुने बताएका छन् ।

आज भक्तपुर नगरपालिका–३ तापालाछीस्थित मेधा माध्यमिक विद्यालयको परम्परागत शैलीमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले मेधा मावि यसको एउटा ज्वलन्त उदाहरण भएको बताए । उनले मेधा मावि भक्तपुरको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको चर्चा गर्दै भक्तपुरका धेरै सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरेकाले यहाँका उत्कृष्ट सामुदायिक विद्यालयमा थेग्नै नसक्ने गरी विद्यार्थीको चाप बढेको बताए।

यहाँका विद्यालयबाट देशभरका सामुदायिक विद्यालयले पाठ सिक्दै नमुनाको सामुदायिक विद्यालयका रुपमा विकास गर्दै लैजान सके देशभरका जनताले सुलभ रुपमा गुणस्तरीय शिक्षा पाउने उनको भनाइ थियो । कार्यक्रममा उनले पूर्व शिक्षक, कर्मचारी, विद्यालय निर्माणका लागि सहयोग पु¥याउने दाता एवं सहयोगीहरुलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा आरपी फाउण्डेसनका प्रमुख रविन्द्र पुरी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ सीएलपीयूआईका निर्देशक डिल्लीराम लुइँटेल, शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका प्रमुख रमेशप्रसाद मैनाली, सुलर हिल्फे फ्यूर नेपालका प्रमुख मिस्टर जोर्ग भारलगायतले विद्यालयले शैक्षिक गुणस्तरीयतासँगै परम्परागत एवं कलात्न्मक शैलीमा सुविधा सम्पन्न नयाँ भवनले विद्यार्थीहरुमा उत्साह थप्ने चर्चा गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम हाडाले विद्यालयबारे जानकारी दिँदै २००४ साल फागुनमा स्थापना भएको यस विद्यालय २०७६ सालमा प्रदेश नं ३ र नेपालकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पुरस्कार प्राप्त गरेको बताए । उनले २०६० सालदेखि प्रधानाध्यापकको रुपमा जम्मेवारी सम्हाल्दै हालै हृदयाघातबाट मृत्युवरण भएका गङ्गाधर हाडाको स्मृतिमा भवनको नामकरण गरिएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : ५४ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा