दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२ बने दिलीप राई « Khabarhub

दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२ बने दिलीप राई


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका गायक दिलीप राई ‘गाउँपालिका तारा’ बनेका छन् । गायन प्रतियोगिता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा सहभागी ३९ जना प्रतिस्पर्धीलाई हराउँदै उनी ‘गाउँपालिका तारा–२’ बनेका हुन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका गायक राईले नगद रु एक लाखको साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवसर पाएका छन्। प्रतियोगिताको अन्तिम पुगेका १६ प्रतिस्पर्धीमध्ये प्रदीप राई दोस्रो र सङ्ग्राम राई तेस्रो भएका छन् ।

दोस्रो स्थान प्राप्त गर्ने प्रदीप र तेस्रो स्थान प्राप्त गर्ने सङ्ग्रामलाई क्रमशः नगद रु ६० हजार र रु ३५ हजार ट्रफी प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी दिए । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी, प्रस्फुटन एवं प्रोत्साहन गर्ने उद्देश्यका साथ गायन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने योजना बनाइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट खोटाङ कलाकार समाज काठमाडौँसँगको सहकार्यमा सो प्रतियोगिता आयोजना भएको हो ।

यस्तै, प्रतियोगितासँगै खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा मनिता राई प्रथम, मेरिना मगर दोस्रो र सुनिता राई तेस्रो भए । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका छ जना नृत्यकारलाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् ।

नृत्यमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतिभाले क्रमशः नगद रु दश हजार, रु सात हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई गाउँपालिका प्रमुख राई, उपप्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, नेपाली कांग्रेसका नेता केशव कार्की, गायक तथा सङ्गीतकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईलगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

गाउँपालिकाको केन्द्र याङसोलाटारमा आयोजना गरिएको ‘फाइनल अडिसन’मा चर्चित गायिका मेलिना राईले विशेष प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिका पार्वती राई, सङ्गीतकार विजय राई (तोरेम्पा हाङ), गायिका बबिना किराँतीलगायतका कलाकारको समेत पनि प्रस्तुति रहेको थियो ।

यसैबीच, ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’ कार्यक्रम समापन कार्यक्रमको अवसर पारेर गाउँपालिकाले तयार पारेको ‘गाउँपालिका गान’समेत विमोचन तथा सार्वजनिकीकरण गरिएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाउँपालिका गान बजाएर विमोचन तथा सार्वजनिकीकरण गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधाका स्रष्टालाई प्रशंसापत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का युवा नेता गोपालचन्द्र राईले लेखेको गाउँपालिका गानको सङ्गीत रुपकुमार राईले गरेका हुन् भने, १६ गायक-गायिकाले स्वर दिनुभएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ४१ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन