शिवसताक्षी नगरपालिकामा ३४ वर्षपछि हाटबजार लाग्न सुरु « Khabarhub

शिवसताक्षी नगरपालिकामा ३४ वर्षपछि हाटबजार लाग्न सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । 

नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताए । उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्‍याउने बताए । 

आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताए। गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पुर्‍याउने उनको भनाइ छ । ‘यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दूधेलगायतका बजारमा पुग्नुपथ्र्यो’, उनले भने, ‘अब त्यो झन्झटबाट मुक्त हुनुका साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ ।’

वडा नं ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए। उनले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ दाताले प्रदान गरेको जानकारी दिए। 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : १६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी