हिउँचितुवाको वासस्थान अध्ययनबारे विज्ञहरूबीच अन्तरक्रिया « Khabarhub

हिउँचितुवाको वासस्थान अध्ययनबारे विज्ञहरूबीच अन्तरक्रिया


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थाहरू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग,फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोजनाहरूबारे प्रकाश पारेका थिए । 

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययान केन्द्रकोतर्फबाट उपप्राध्यापक डा। नारायणप्रसाद कोजुले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकट क्षेत्रहरूमा वासस्थान बनाएका हिउँचितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिनादेखि स्थानीय बासिन्दाहरूसमेतको सहयोगमा गरिरहेका छन् । अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढी हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ ।

ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्द्धन गर्न सकिनेबारे दुवै पक्षले अन्तरक्रियामा सहमति जनाए । अन्तरक्रिया कार्यक्रममा उक्त अध्ययनको प्रारम्भिक उपलब्धीहरूबारे डा. नारायणप्रसाद कोजूले विस्तृत रूपमा प्रकाश पारेका थिए 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : ३१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार