सिंगापुरद्वारा कुवेतलाई ११४ रनको सामान्य लक्ष्य  « Khabarhub

सिंगापुरद्वारा कुवेतलाई ११४ रनको सामान्य लक्ष्य 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी एसीसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिंगापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो । 

सिंगापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । 

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिंगापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे ।

 त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए । समूह बी मा रहेको सिंगापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोरदै दुई अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १२ : २३ बजे

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र