भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुनः निर्माण « Khabarhub

भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुनः निर्माण


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा गोरखा भूकम्पका कारण क्षतिग्रस्त एक सय ६३ वटा विद्यालयको पुनः निर्माण कार्य सकिएको छ । भूकम्प गएको आठ वर्षमा सबै विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।

‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन पुनः निर्माण सम्पन्न भएसँगै जिल्लामा क्षतिग्रस्त सबै विद्यालयको भवन, शौचालय र खानेपानीको धारा पुनः निर्माण सम्पन्न भएको छ’, उनले भने ।

जिल्लामा ९१ वटा चार कोठे, १९ वटा तीन कोठे र दुई कोठे ५३ वटा विद्यालय भवन पुनः निर्माण भएको हो । साथै ६९ वटा शौचालय, ३६ वटा खानेपानी धाराको पुनः निर्माण सकिएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी दुई सय ६८ वटा कार्यक्रम लागू गरिएको थियो ।

पुनः निर्माणको काम आर्थिक वर्ष २०७३-२०७४ बाट सुरु भएको थियो । तत्कालीन समयमा पाँच वर्षमा पुनः निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : २५ बजे

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

काठमाडौं- सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको