किन चलेन आयुष्मान र शिल्पाको ‘सानो मन’ ? « Khabarhub

किन चलेन आयुष्मान र शिल्पाको ‘सानो मन’ ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – केही चलचित्रले यस्तो व्यापार गरिरहेका छन् कि, ती फिल्मले नेपाली चलचित्रको बजार पनि रहेछ है भन्ने पारिदिएका छन् । तर, एकाध चलचित्रले बाहेक अरुले फिल्मप्रति दर्शकको ध्यान तान्न सकेका छैनन् ।

हालै रिलिज भएको चलचित्र ‘सानो मन’ ले पनि दर्शकको मन जित्न सकेन । यसै पनि लभस्टोरी सिनेमाले खासै कमाल गर्न नसकिरहेका बेला यो फिल्म हेर्दाहेर्दै असफल भएको छ ।

अपवाद, अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्मबाहेक अरु कुनै प्रेमकथामा आधारित फिल्मले पनि राम्रो व्यापार गर्न सकेनन् ।

‘सानो मन’ भने केही आशा गरिएको र प्रचार पनि राम्रै गरिएको फिल्म थियो । दर्शकको ध्यान तान्न सकेन । न त फिल्मको ट्रेलरले नै दर्शकप्रति खासै आशा जनाउन सकेको थियो । बरु यसका गीतले राम्रै चर्चा कमाएका थिए ।

फिल्ममा शीर्ष भूमिकामा आयुष्मान देशराज जोशी र शिल्पा मास्के थिए । दुवै स्टारडमका हिसाबले ठीकै स्टारडम भएका कलाकार हुन् । यी दुवैले कुनै पनि हिट फिल्म दिन सकेका छैनन् । यद्यपि फिल्म नगरीमा आयुष्मान र शिल्पा दुवैलाई सम्भावना बोकेका कलाकारका रुपमा हेर्ने गरिएको छ ।

अर्को कुरा त अहिलेका दर्शकलाई सामान्य प्रेमकथामा खासै चासो छैन । जसकारण यो फिल्मले दर्शकको साथ पाउन सकेन । मल्टिप्लेक्स हलमा यो फिल्मले धेरै शो पाउन सकेको छैन भने सिंगल थिएटरमा पनि उस्तै निराशाजनक दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ५२ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति