किन चलेन आयुष्मान र शिल्पाको ‘सानो मन’ ? « Khabarhub

किन चलेन आयुष्मान र शिल्पाको ‘सानो मन’ ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – केही चलचित्रले यस्तो व्यापार गरिरहेका छन् कि, ती फिल्मले नेपाली चलचित्रको बजार पनि रहेछ है भन्ने पारिदिएका छन् । तर, एकाध चलचित्रले बाहेक अरुले फिल्मप्रति दर्शकको ध्यान तान्न सकेका छैनन् ।

हालै रिलिज भएको चलचित्र ‘सानो मन’ ले पनि दर्शकको मन जित्न सकेन । यसै पनि लभस्टोरी सिनेमाले खासै कमाल गर्न नसकिरहेका बेला यो फिल्म हेर्दाहेर्दै असफल भएको छ ।

अपवाद, अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्मबाहेक अरु कुनै प्रेमकथामा आधारित फिल्मले पनि राम्रो व्यापार गर्न सकेनन् ।

‘सानो मन’ भने केही आशा गरिएको र प्रचार पनि राम्रै गरिएको फिल्म थियो । दर्शकको ध्यान तान्न सकेन । न त फिल्मको ट्रेलरले नै दर्शकप्रति खासै आशा जनाउन सकेको थियो । बरु यसका गीतले राम्रै चर्चा कमाएका थिए ।

फिल्ममा शीर्ष भूमिकामा आयुष्मान देशराज जोशी र शिल्पा मास्के थिए । दुवै स्टारडमका हिसाबले ठीकै स्टारडम भएका कलाकार हुन् । यी दुवैले कुनै पनि हिट फिल्म दिन सकेका छैनन् । यद्यपि फिल्म नगरीमा आयुष्मान र शिल्पा दुवैलाई सम्भावना बोकेका कलाकारका रुपमा हेर्ने गरिएको छ ।

अर्को कुरा त अहिलेका दर्शकलाई सामान्य प्रेमकथामा खासै चासो छैन । जसकारण यो फिल्मले दर्शकको साथ पाउन सकेन । मल्टिप्लेक्स हलमा यो फिल्मले धेरै शो पाउन सकेको छैन भने सिंगल थिएटरमा पनि उस्तै निराशाजनक दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ५२ बजे

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक