आत्मघाती गोल उपहार पाउँदा उल्भ्स विजयी « Khabarhub

आत्मघाती गोल उपहार पाउँदा उल्भ्स विजयी


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा उल्भ्स विजयी भएको छ ।

मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

उल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टीमा गोल हानेको थियो ।

पहिलो हाफको सुरुवाती अर्थात् तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट उल्भ्सले १–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै उल्भ्सको जित पक्का गरे ।

यस जितसँगै उल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ४० बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना

भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु

आईसीसीको ‘सिक्सर क्लब’मा युवराज सिंहदेखि कुशल भुर्तेलसम्म : को को छन् अरु ?

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ओपनर कुशल भुर्तेलले

सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै

काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन आयोजना निर्माणको काम