बधाई कार्यक्रम नराखिदिनु, सिधै काममा लाग्न चाहन्छौं: रवि लामिछाने | Khabarhub Khabarhub

बधाई कार्यक्रम नराखिदिनु, सिधै काममा लाग्न चाहन्छौं: रवि लामिछाने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्।

मंसिर ४ को निर्वाचनमा ४ हजार ८७६ मत बढी ल्याएर उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । गत निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।

साथै उनले बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । आज बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको भन्दै उनले लेखेका छन्,‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहीँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं।’

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० मा भएको उपनिर्वाचनमा रविले ५४ हजार १७६ मत ल्याए । पुनः निर्वाचित भएलगत्तै आयोजित विजय उत्सवमा उनले मंगलबार चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताएका थिए।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : १५ बजे

‘माग्ने बूढा’ले एक फिल्मबाट लिए ६१ लाख पारिश्रमिक ?

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्का जस्ता स्टार

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका