प्रतिष्ठान स्थापनाको अवसरमा ७ श्रष्टालाई सम्मान गरिँदै | Khabarhub Khabarhub

प्रतिष्ठान स्थापनाको अवसरमा ७ श्रष्टालाई सम्मान गरिँदै


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो ।

उनका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई सम्मान गर्न लागिएको हो ।

उनीहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने श्रेष्ठले बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई नगद रु ५० हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की र लक्ष्मी थापालाई नगद रु २५ हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको संयोजकत्वमा गठित छनोट समितिले सम्मान गरिने व्यक्तित्व छनोट गरेको हो । समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका छन्।

कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनुका साथै झाँकी प्रदर्शन, नृत्य प्रस्तुति र गायन प्रस्तुति आदि आकर्षण रहेको आयोजकले जनाएको छ । साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेकोमा यस वर्ष थप महत्वपूर्ण कार्य गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गर्नुका साथै प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको बायोग्राफी तयार गरिएको श्रेष्ठले सुनाए । परम्परागत गीत संरक्षण र श्रष्टा स्वास्थ्य बिमा कार्यक्रमसमेत थालनी गरिएको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : २७ बजे

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेपाले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल