बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै « Khabarhub

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट प्रभावित मुलुकका करिब ३१ जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

मनसुन सक्रिय भएसँगै बिहीबारबाट शुरु भएको बर्षाका कारण ६९ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार ३८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१६ हजार ५ सय २० घर परिवार अस्थायी रुपमा विस्थापित भएका छन् । विपद प्रभावितहरुको पुनःस्थापना तथा राहत वितरणका लागि करिब ३० हजार सुरक्षाकर्मीसहित नेपाली सेनाको चारवटा हेलिकोप्टर प्रयोग गरिएको छ ।

गृहमन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित पहाडी जिल्लामा सोमबार दिउँसो देखि मौसम सफा हुनुका साथै तराई मधेसका जिल्लामा पनि पानीको सतह विस्तारै घट्दै गएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ३१ बजे

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका