इंग्लिस प्रिमियर लिग :  म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए « Khabarhub

इंग्लिस प्रिमियर लिग :  म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचको खेल बराबरीमा टुंगिएको छ ।

बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका हुन् ।

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमै २–० को सफलता मिल्न पुगेको थियो ।

तर, उसको सफलता लामो समय कायम रहन सकेन । दोस्रो हाफको ५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थितिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा अन्ततः खेल २–२ को बराबरीमा रोकिन पुग्यो ।

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ४३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था