चीनले अमेरिकालाई दियो चेतावनी-आगोसँग खेल्ने दुस्साहस नगर्नु « Khabarhub

चीनले अमेरिकालाई दियो चेतावनी-आगोसँग खेल्ने दुस्साहस नगर्नु


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-पछिल्लो समय २ शक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारिक क्रियाकलापका कारण दूरी बढ्दो अवस्थामा छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकाले ताइवानलाई हतियार बेच्न गरेको सम्झौतापछि चीनले अमेरिकालाई दिएको चेतावनी ।

चीनले ताइवानलाई २ खर्ब ४० अर्ब बढीको हतियार र ट्याङ्क बेच्नका लागि सम्झौता गर्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ।

चीनले ट्रम्प प्रशासनको यो निर्णयलाई चीनको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको खतरा बताएको छ । चीन सरकारले अमेरिकाको यो कदम आगोसँग खेल्नु जस्तै भएको बताएको छ ।

पेन्टागनले शुक्रबार अमेरिकी विदेश विभागले ताइवानलाई १०८ अब्राहम ट्याङ्क र २५० स्टिंगर मिसाइलको बिक्री गर्न अनुमति दिएको र यो सम्झौताले क्षेत्रमा सैन्य सन्तुलनमा कुनै असर नपर्ने जानकारी दिएको थियो । तर चीनले आपत्ति जताउँदै सम्झौता रद्द गर्न माग गरेको छ ।

ताइवानकी राष्ट्रपति साई ईंग–वेन अमेरिका र क्यारेबियाली देशको यात्रामा भएका बेला चीनको यस्तो बयान आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेंग शुआंगले भने, ‘अमेरिकाले आधिकारिक रुपमा एक चीन नीतिलाई मान्यता दिएको थियो तर ताइवानसँग भएको हतियार सम्झौताले यो सिद्धान्तको उल्लंघन गरेको छ । ताइवानलाई हतियार बेच्ने कम्पनीमाथि चीनले प्रतिबन्ध लगाउनेछ ।’

शुक्रबार बुडापेस्टको भ्रमणमा रहेका चीनका शीर्ष कुटनीतिज्ञ वाङ् यीलाई ताइवानसम्बन्धि प्रश्न सोध्दा वासिङ्टनले आगोसँग खेल्न नहुने चेतावनी दिएका छन् ।

उनले चीनको एकीकरणमा कसैले पनि रोक्न नसक्ने र कुनै पनि विदेशी शक्तिले यसमा अवरोध निम्त्याउने चेष्टासमेत गर्न नहुने बताएका छन् ।

यस्तै, अमेरिकी विदेश विभागले चीनको यो बयानमाथि टिप्पणी गर्न अस्विकार गरेको छ । कम्पनीले पनि यसबारे कुनै जवाफ दिएको छैन । ताइवानसँग हतियार बेच्ने सम्झौता गरेपछि चीनको अमेरिकालाई चेतावनी, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु’।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ५५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र