गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे  | Khabarhub Khabarhub

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदैछन् ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज मध्याह्न १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मुख्यमन्त्री पाण्डेले कति सदस्यीय मन्त्रीपरिषद् बनाउँछन् भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपि, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, अवस्था अतिजोखिमपूर्ण

विराटनगर- सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव विस्फोटक अवस्थामा पुगेको

विपद् अपडेट : बाढी–पहिरोबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं – पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौं – अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण

बाढीपहिरो पीडितको राहत र उद्धारमा नेता-कार्यकर्तालाई एमालेको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले

विपदमा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान

काठमाडौं – सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन