विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : मेयर बालेन | Khabarhub Khabarhub

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : मेयर बालेन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास विफल भएको बताएका छन्  ।

नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले विद्यालयमा राजनीति वर्जित गरिएकोसमेत जनाएका छन् ।

‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ मेयर साहले शुकबार बिहान भनेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

महानगरपालिकाले गत बिहीबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र जारी भए पछि नेकपा बहुमत निकट विद्यार्थी संगठनले हिजो महानगरको शिक्षा विभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : २० बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै